हमासले चार बन्धकको शव इजरायललाई पठायो

9.6k Shares

विश्व । प्यालेस्टिनी विद्रोही समूह हमासले चार इजरायली बन्धकको शव रेडक्रसमार्फत इजरायललाई बुझाएको छ । रेडक्रसले इजिप्टका मध्यस्थकर्ताहरूमार्फत इजरायली रक्षा बल आईडीएफलाई शव बुझाएको हो ।

बन्धकहरूको अवशेष रहेको भनिएको चारवटा बाकसहरु प्राप्त गरेको ईजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले पुष्टि गरेको सीएनएनले जनाएको छ । अहिले शवहरू पहिचान गर्ने प्रक्रिया शुरू भएको खबरमा उल्लेख छ ।

हमासले जिम्मा लगाएका चार शवको पहिचान पुष्टि भइनसकेकाले बन्धकका परिवारहरूसँग निरन्तर सम्पर्कमा रहेको र शव पूर्ण पहिचान गरेर आधिकारिक सूचना दिने तयारी छ ।

यसैबीच इजरायलले सयौं प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न शुरू गरिसकेको छ । इजरायलले वेस्ट बैंकको जेलबाट ६ सयभन्दा धेरै प्यालेस्टाइनी कैदीलाई रिहा गर्न थालेसँगै हमासले शव हस्तान्तरण गरेको हो ।

सम्बन्धित समाचार