काठमाडौं । चाडवाडलाई लक्षित गरी छुटको नाममा नेपाली ग्राहकहरुलाई कमशल सामाग्रीमा भारी छुट भन्दै नेपाली ग्राहकलाई ठग्न सफल बन्दै आइरहेका छन् भारतीय नागरिक मनोज सरावगी ।
भारतबाट चप्पल पट्काउँदै नेपाल छिरी सामान्य जुत्ता पसलबाट व्यापार व्यवसाय सुरु गरेका मनोज कुमार सरावगी (अग्रवाल)ले भन्सारमा सेटिङ्ग मिलाई राजश्व छल्दै कमशल माल भित्र्याउँदै महँगोमा नेपाली ग्राहकलाई बिक्री गर्दै गरेको खुलेको छ ।
सामान्य जुत्ता पसलबाट आफ्नो व्यापार व्यवसाय सुरु गरेका सरावगीले भन्सार, राजश्व अनुसन्धान, सुरक्षाकर्मीलगायतसँग सेटिङ मिलाई भन्सार छली गरी करोडौंको सामान नेपाल भित्र्याई दिन दुई गुणा, रात चौगुणाको हिसावले छोटै समयमा जुत्ताको ठूलै साम्राज्य खडा गर्न सफल बनेका छन् सरावगी । अहिले उनी नेपालले कानुनले बन्देज लगाएको हुण्डीको ठूलै कारोबारी रहेको उनी निकट स्रोतले जानकारी गराएको छ ।
सरावगीले छोटै समयमा काठमाडौंको मुटु मानिने न्यूरोड एरियामा आफ्नो व्यापारको विस्तार गर्दै आएका छन् । उनले अहिले सुन्धारास्थित काठमाडौं मल, कमलपोखरीको सिटी सेन्टर, खिचापोखरीको पिपुल्स प्लाजा, त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टर, जावलाखेल हुँदै दरबारमार्गको भव्य भवनमा जुत्ता पसल राखेका छन् ।
विदेशबाट कवाडीको भाउमा कच्चा सामाग्री ल्याई कुलेश्वरस्थित सराबगीका सहोदर भाईद्वारा संचालित जुत्ता कारखानामा जुत्ता उत्पादन गरी विक्री वितरणमा राखेको जुत्तालाई विदेशी जुत्ता भन्दै नेपालीलाई ठग्न सफल बन्दै आइरहेका छन् सरावगी ।
विशेषगरी सरावगीले मित्रराष्ट्र चिनबाट गुणस्तरहिन सामान ल्याई चाडवाडलाई मध्य नजर गरी नेपालीलाई ठग्ने उद्देश्यले आफ्नो ब्राण्ड बनाई ५० प्रतिशत छुटको नाममा दिनदहाडै ठग्दै आइरहेको समाचार विभिन्न संचारमाध्यममा सार्वजनिक भइरहँदा पनि सम्बन्धित निकाय मौन हुनुलाई सरावगीले माथिल्लो निकायसम्म सेटिङ मिलाई नेपालीलाई ठग्दै र लुट्न सफल बन्दै आएको सरावगीकै एक