चापागाउँमा संचालित ‘फुड बैंक’ले आज २५ दिन पार गर्यो

18.7k Shares

ललितपुर । कोरोना भाइरसको महामारीका कारण विपन्न वर्ग, गर्भवती, अपांग, दैनिक ज्यालादारी गरी दैनिक जिविकोपार्जन गर्ने वर्गलाई लक्षित गरी चापागाउँको बज्रबाराही मन्दिर प्रांगणमा संचालित ‘फुड बैंक’ कार्यक्रमले आज २५ दिन पार गरेको छ ।
२५ दिन अगाडि ललितपुर क्षेत्र नं. १ तरुण दलद्वारा आयोजित ‘हुनेले दिएर जाउ, नहुले लिएर जाउँ’ नाराका साथ संचालित ‘फुड बैंक’ कार्यक्रमलाई निरन्तरता दिनका लागि परोपकारी दाताहरुले सहयोग गर्दै आइरहेका छन् ।
आज २५ औं दिनको लागि परोपकारी दाता पी.आर. इन्फ्रास्टक्चर प्रा.लि.का प्रबन्ध निर्देशक पञ्चराम महर्जन र निर्देशक सुजिन सिं महर्जनले संयुक्तरुपमा विपन्न वर्ग, गर्भवती, अपांग, दैनिक ज्यालादारी गरी दैनिक जिविकोपार्जन गर्ने दुई सय जनालाई खाद्यान्न सामाग्री वितरण गरेका छन् । प्रबन्ध निर्देशक महर्जनले २५ दिन अगाडि संचालनमा आएको यो ‘फुड बैंक’ कार्यक्रमलाई सुरुका दिनमा पनि आर्थिक सहयोग गरेका थिए । 
चापागाउँमा संचालित ‘फुड बैंक’ लाई राजनीतिक गन्ध दिई नेकपाका जनप्रतिनिधिहरुको दवावलाई खेप्न नसकी प्रशासनले केही दिन बन्द गराएको थियो । तर, विपन्न वर्ग, गर्भवती, अपांग, दैनिक ज्यालादारी गरी दैनिक जिविकोपार्जन गर्ने वर्गले यसको कडा रुपमा सडकमै उत्रिएर विरोध गरेका थिए । यस्ता वर्गको पेटमा लात हान्ने काम जनप्रतिनिधिहरुले गरेको भनी विरोध हुन थालेपछि जनप्रतिनिधिले बाध्य भएर स्पष्टीकरण दिन विभिन्न संचार माध्यमहरु प्नि प्रयोग गरेका थिए । विपन्न वर्ग, गर्भवती, अपांग, दैनिक ज्यालादारी गरी दैनिक जिविकोपार्जन गर्ने वर्गको पेटमा लात हान्ने कामको विरोध गर्दै यो कार्यक्रमका अभियानकर्ता नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव तथा युवा नेता मीन कृष्ण महर्जनको पहलमा तिनदिन पछि फेरि यो कार्यक्रम संचालनमा आएको थियो ।
यस्तो परोपकारी कार्यलाई पनि राजनीतिक गन्ध दिई जनप्रतिनिधिजस्तो व्यक्तिले प्रशासनलाई पटक पटक दवाव दिई बन्द गराउने काम गरेपछि स्थानीय बुद्धिबहादुर श्रेष्ठलगायतका व्यक्तिहरुले चुनावमा भोट माग्न आए बहिष्कार गरी लखेट्ने बताएका छन् ।

सम्बन्धित समाचार