काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नं १ को सिट कुनै पनि हालतमा सभामुख अग्निप्रसाद सापकोटाले नपाउने दाबी गरेका छन् ।
“सिटको दाबी आआफ्नो हैसियत र औकात अनुसार गर्नुपर्छ । अघिल्लो पटक जितेको ठाउँमा लिने भन्ने मापदण्ड नै उचित छैन । जस्तो मेरो क्षेत्र सिन्धुपाल्चोक–१ मा नेकपा (माओवादी केन्द्र) अघिल्लो पटक नेकपा एमालेसहितको हैसियतमा लडेको हो । त्यो सिट लिने हो भने माओवादी केन्द्र वा एकीकृत समाजवादी होइन कि नेकपा भएर आउनुपर्यो । नेकपाबाट प्रचण्डजी फुटिसक्नुभएको छ । माधव नेपालले पनि पार्टी फुटाउनुभयो ।
स्थानीय तहको निर्वाचनलाई नै सिट बाँडफाँटको आधार बनाउनुपर्नेमा बस्नेतको जोड छ । उनले थपे, “नेकपा (माओवादी केन्द्र) देशभरि पनि थर्ड हो, सिन्धुपाल्चोकमा माओवादी थर्ड नै हो । स्थानीय चुनावमा मेरो क्षेत्रका ५४ वडामध्ये कांग्रेसले ३२ वडा र माओवादी केन्द्रले ५ वडा जितेको छ । सात पालिकामध्ये ६ वटामा कांग्रेसको बहुमत छ । चार पालिकामा माओवादी शून्य छ । चौतारा साँगाचोकमा पनि एक वडा माओवादीले जितेको छ । तर पूर्वमेयर नै एमालेमा गइसकेका छन् । अनि कसरी माओवादी केन्द्रले दाबी गर्ने ?”
सभामुख अग्नि सापकोटा समानुपातिकमा मात्र सुरक्षित हुने उनको दाबी छ । उनले भने, “गठबन्धन नेकपा एमालेलाई साइजमा राख्नका लागि हो भने लोकप्रिय र जित्न सक्ने उम्मेवार उठाउनु परेन ? जसले जित्छ, उसैलाई उठाउने हो । माओवादी केन्द्रले अग्नि सापकोटा भन्दैमा हुन्छ, कांग्रेस केन्द्रले भन्नुपर्दैन ? अग्नि सापकोटाजीलाई नै आफू सुरक्षित छैन भन्ने थाहा छ । अर्काे पार्टीको भोटको भरमा जित्छु भनेर हुन्छ ? उहाँ समानुपातिकमा जाँदा नै सुरक्षित हुनुहुन्छ ।”
आफू भूकम्प, कोभिड, बाढीपहिरोमा जनताको सेवामा खटिएकाले