काठमाडौं । तेक्वान्दो खेलको विकास र विस्तारको क्रममा सिन्धुली जिल्ला तेक्वान्दो संघ गत फागुन २६ गते गठन गरिएको छ ।
बागमती प्रदेशका अध्यक्ष केशव पुरी, महा—सचिव हरिहर ढुंगाना, ग्रेडिङ कमिटिका संयोजक राजेश प्रजापतिको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सिन्धुली तेक्वान्दो संघ गठन गरिएको हो ।
सिन्धुली तेक्वान्दो संघमा जिल्लाका विशिष्ट व्यक्तिहरु, उद्योगपति, व्यापारी, समाजसेवी, प्रशिक्षक, खेलाडीहरुको उल्लेख्य उपस्थितिमा सो कार्य समिति गठन गरिएको बागमती प्रदेश अध्यक्ष केशव पुरीले जानकारी गराएका छन् ।
सो संघको संरक्षकमा उपेन्द्र पोखरेल रहेका छन् भने लोक विक्रम थापाको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति गठन गरिएको छ । सो कार्य समितिमा अध्यक्ष लोक विक्रम थापा, उपाध्यक्ष कैलाश बस्नेत, सचिव डमर बहादुर आले, कोषाध्यक्ष चुक बहादुर कार्की र सदस्यहरुमा उत्तम वाईवा, सन्त राई, हरिकृष्ण बुढाथोकी, रामबहादुर श्रेष्ठ, मनिस ठकुरी, रमेश नेपाल, युवराज भण्डारी र याशु अधिकारी रहेका छन् ।