ललितपुर, १ जेठ । गोदावरी नगरपालिका वडा नं. १ गोदामचौरको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार श्रीराज थापासहित नेपाली कांग्रेसको प्यानलै विजयी भएका छन् ।
गोदावरी नगरपालिका वडा नं. १ बाट थापासहित प्यानलै विजयीले गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीसहित अन्य वडाहरुमा पनि कांग्रेसका उम्मेदवारहरुले विजयी हुने संकेत देखिएको छ ।

त्यसैगरी, महांकाल गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका विनोद चौरेल निर्वाचित भएका छन् भने सो गाउँपालिकाका नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार गणेश केसी अगाडि बढिरहेका छन् ।

उता, बागमती गाउँपालिका १ घुसेलबाट नेपाली कांग्रेसका वडाअध्यक्ष ज्ञान बहादुर लो विजयी भएका छन् । सो वडामा नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार वीर बहादुर लोप्चन नै अघि छन् ।
्