ललितपुर । नेपाल सितोरियो कराते संघले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता आगामी चैतको अन्तिम साता गर्ने भएको छ ।
लतिलपुरमा आगामी चैत महिनाको २४, २५ र २६ गते गरी तीन दिन प्रथम कृष्ण प्रसाद भट्टराई स्मृती राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको हो ।
नेपाल सितोरियो कराते संघले आज शनिबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल कराते महासंघको सहयोगमा नेपाल लोकतान्त्रि खेलकुद तथा जिल्ला प्रमुख डोजो ललिपुर र लगनखेलको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको जनाएको छ ।
७ प्रदेश र ३ विभागिय गरी १० टोलीको सहभागिता रहने प्रतियोगितामा २१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा महिला १० तौल समूह अन्तर्गत (४५, ५०, ५५, ६१, –६८, +६८), एकल काता र टिम काता त्यस्तै पुरुष ११ तौल समूहमा (५०,५५, ६०,६७, ७५, –८४,+८४) र एकल काता र टिम काता महिला १०० र पुरुष ११० गरि जम्मा २१० खेलाडीको सहभागिता रहनेछ ।

२१ स्वर्ण, २१ रजत र ४२ कास्य पदक रहेने यस प्रतियोगिताको अनुमानित खर्च ४० लाख ३ सय ८० रहेको आयोजकले जनाएको छ ।
यस प्रतियोगितालाई आगामी सेप्टेम्बरमा चिनमा हुने १९ औं संस्करणको एशियाली खेलकुदमा सहभागिता र त्यसको प्रारम्भिक तयारीको रुपमा लिइएको छ ।

सो प्रतियोगिताको समुट्घाट प्रधानमन्त्री एबम् नेपाली कांग्रेस सभापति शेर बहादुरले गर्ने छन् भने पुरुस्कार बितरण नेपाली कांग्रेस उपसभापति एबम् पुर्ब गृहमन्त्री तथा खेलकुद मन्त्री पुर्ण बहादुर खड्काले गर्ने सो प्रतियोगिताका प्रमुख सल्लाहकार एबम् खेलकुद क्षेत्रको हस्तीका साथै नेपाली कांग्रेस खेलकुद विभागका सचिव कांग्रेस युवा नेता मीनकृष्ण महर्जनले खोजतलासलाई बताए ।