नेकपा एमाले माधवकुमार नेपाल–झलनाथ खनाल समूहले काठमाडौं र ललितपुर जिल्ला कमिटीका पदाधिकारीले आज शपथ ग्रहण गर्दै

16k Shares

काठमाडौं, ३ बैसाख । नेकपा एमाले माधवकुमार नेपाल–झलनाथ खनाल समूहले काठमाडौं र ललितपुरमा गठन गरेका जिल्ला कमिटीका पदाधिकारीले शपथ ग्रहण गर्दैछन् ।
काठमाडौं जिल्ला कमिटी पदाधिकारीको शपथ ग्रहण समारोह बिहान ११ बजे बल्खुस्थित सिद्धि गणेश पार्टी भेन्युमा आयोजना गरिने बागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिएकी छिन् । यस्तै ललितपुर जिल्ला कमिटीका पदाधिकारीको शपथ ग्रहण दिउँसो ललितपुरको महालक्ष्मीमा गराइने छ । शपथ ग्रहणसँगै बैठक पनि राखिने बताइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी निर्णय गरेको भन्दै असन्तुष्ट नेपाल पक्षले समानान्तर कमिटी गठन गरिरहेको छ । अहिलेसम्म उसले ६० भन्दा बढी जिल्लामा समानान्तर कमिटी बनाइसकेको छ । प्रधानमन्त्री समेत रहेका ओलीले आफूले चालेका गलत कदम नसच्याएसम्म समानान्तर कमिटी गठन नरोकिने जनाइएको छ ।

सम्बन्धित समाचार