बालेन २५ सय मतले अगाडि

19.2k Shares

काठमाडौं, जेठ २ । काठमाडौं महानगरपालिकाको जारी मतगणना अनुसार स्वतन्त्र उम्मेद्वार बालेनले अग्रता कायम राख्दै मतान्तर लगातार बढाइरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार १४ हजार ३ सय २६ मतगणना हुँदा बालेनले ५ हजार ४४६ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले २ हजार ९ सय ५२ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा गठबन्धनकी सिर्जना सिंह छिन्। उनले २ हजार ५७७ मत प्राप्त गरेकी छिन् ।
बालेनले दोस्रो स्थानमा स्थापित भन्दा २४९४ र तेस्रो स्थानकी सिंह भन्दा २८६९ मतले अग्रता बनाएका छन् ।

सम्बन्धित समाचार