काठमाडौं । मकवानपुरमा देवरले भाउजूको हत्या गरेका छन् । बुधबार राति ९ बजे हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलकी गुडिया दासको खुकुरी प्रहार गरी हत्या भएको हो ।
उनलाई आफ्नै देवर रमेश दासले हत्या गरेको प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
“दाइलाई खुकुरी प्रहार गरेपछि घरका आफन्तले बुहारीलाई नदेखेपछि खोजी गरेका थिए,” जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले भने, “खोजी गर्दै जाँदा घरको माथिल्लो तलामा पहिला नै भाउजूको हत्या गरेर ढोका लगाएको पाइयो ।”
रमेशलाई नियन्त्रणमा लिइएको सापकोटाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
“किन यो घटना घट्यो केही फरक तरिकाले अनुसन्धान गर्ने प्रयास गरिरहेका छौँ,” निरीक्षक सापकोटाले भने ।