सभामुख अर्यालद्वारा मधेस आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

877 Shares

काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुष्पहार अर्पण गर्दै मधेस आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै उनले सहिदहरूले देखेको समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको सङ्कल्पलाई आत्मसात् गर्नुपर्ने बताए।

यसैबीच, सभामुख अर्याल आज बिहान छठ पर्वको अन्तिम दिन बाराको कलैयास्थित रामजानकी छठघाट पुगेका थिए । उनले त्यहाँ उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नुका साथै छठी माताको पूजा–आराधनामा सहभागिता जनाएको उनको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार