काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ घटेर २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ।
तिहारयता सुनको मूल्य १५ हजार २०० रुपैयाँ घटिसकेको छ, र तिहारअघि प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँ घटेर आज ३ हजार ५२० रुपैयाँ कायम भएको छ।
३० कात्तिक, काठमाडौं । सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घटेको हो ।
यो कमीसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको थियो । तिहारयता सुनको मूल्य १५ हजार २ सय रुपैयाँ घटिसकेको छ । तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य आज तोलामा ८० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६०० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार ५२० रुपैयाँमा झरेको छ ।