471
Shares
काठमाण्डौ - आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा एक हजार ३०० र चाँदी ४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको दुई लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ८३ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलाको तीन हजार ८५५ रुपैयाँ कायम भएको छ । चाँदीको भाउ हिजो तोलाको तीन हजार ८१० रुपैयाँ थियो ।