भिमान चेकपोस्टमै सेटिङ, काठमाडौंभित्रिँदै अवैध सामान

123 Shares

सिन्धुली । सर्लाही, महोत्तरी र धनुषाका सीमावर्ती नाकाबाट तस्करी हुँदै आएका कपडा तथाकिराना सामानसिन्धुलीको बीपी राजमार्ग हुँदै काठमाडौं उपत्यकाभित्रिने गरेको आरोपले सुरक्षा संयन्त्रको निगरानीमाथिगम्भीर प्रश्न उठाएको छ।
सीमावर्ती क्षेत्रमा अटो, साइकल र मोटरसाइकलमार्फत साना–साना परिमाणमा भित्र्याइएका सामान एक ठाउँमा संकलन गरी यात्रुबाहक बस, माइक्रोबस तथा सामानबोक्ने पिकअपमार्फत काठमाडौं पठाउने गरिएको स्रोतको दाबी छ। विशेषगरी चाडपर्व नजिकिँदै गर्दा कपडा, किरानातथा पटाका तस्करी बढेको बताइएको छ। किराना सामानतर्फ काजु, पेस्ता, बदाम, जिरा, धनियातथाविभिन्नप्रकारकादाल बढी मात्रामा काठमाडौं लैजाने गरिएको स्रोतको भनाइ छ।
कपडाको हकमायात्रु बसका सिटमुनि, डिकी तथाअन्यलुकाइएका स्थानमा राखेर काठमाडौं पु¥याउने गरिएको बताइन्छ। सीमाबाट यसरी चरणबद्ध रूपमा सामानल्याइने भएकाले एकैपटक ठूलो परिमाणमा बरामदहुननदिने रणनीति अपनाइएको स्रोतको दाबी छ।सिन्धुलीको इलाकाप्रहरी कार्यालयको गेटनजिकै चेकपोस्ट रहे पनित्यहाँहुने चेकजाँचको प्रभावकारितामाथिप्रश्न उठाइएको छ। स्रोतकाअनुसार नियमित रूपमा ‘लाइन’नदिने वाप्रहरीसँगकथित सेटिङ नभएका सवारीसाधनमामात्रै कडाइका साथ चेकजाँचहुने गरेको आरोप छ।
त्यसको विपरीत मासिक रकमबुझाउने भनिएकातथा सेटिङ भएका सवारीलाई भने सहज रूपमागन्तव्यतर्फ पठाउने गरिएको स्रोतको दाबी छ।यस्तो आरोपलाई पुष्टि गर्ने आधारका रूपमाविगतमाखुर्कोट तथाकाभ्रे क्षेत्रमा बरामदभएका कपडालगायतका सामानलाई समेत स्थानीय स्रोतले उल्लेख गरेका छन्। यदि एउटै रुटबाट नियमित रूपमाअवैध सामानओसारपसार भइरहेको हो भने बीचका चेकपोस्टले त्यसलाई किन नियन्त्रण गर्न सकेनन् भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।
बीपी राजमार्ग हुँदै काठमाडौं जाने सवारीको निगरानीका दृष्टिले भिमान महत्वपूर्ण सुरक्षाबिन्दु मानिन्छ। यहीकारण भिमानमाप्रभावकारी चेकजाँचहुनुपर्ने अपेक्षागरिन्छ।तर इलाकाप्रहरी कार्यालय भिमानको नेतृत्व र त्यहाँको निगरानी प्रणालीमाथि समेत प्रश्न उठाइएको छ। कार्यालय प्रमुखप्रहरी निरीक्षक राजु कार्कीले तस्कर तथाव्यापारीसँग भेटघाट र आर्थिक कारोबारकालागिप्रहरी जवान मनोज रमतुल्लालाई घुमुवाका रूपमा परिचालन गरेको आरोप स्रोतले लगाएको छ।
यसअघि अन्यप्रहरी कर्मचारी घुमुवाका रूपमा खटिएकोमा पछिल्लो समय रमतुल्लालाई जिम्मेवारी दिइएको स्रोतको दाबी छ। यद्यपियीआरोपको स्वतन्त्र पुष्टि हुनबाँकी छ र सम्बन्धितप्रहरी अधिकारीहरूको आधिकारिक प्रतिक्रिया सार्वजनिकभएको छैन।यदि घुमुवा प्रहरीमार्फत व्यापारी वा तस्करसँग सम्पर्क राखीआर्थिक लेनदेन हुने गरेको आरोप सत्य हो भने यो व्यक्तिगतअनियमितताको विषयमात्रै रहँदैन। यसले प्रहरीको चेकपोस्ट प्रणाली नै तस्करी नियन्त्रणको माध्यमनभई कथित ‘सेटिङ व्यवस्थापन’को माध्यमबनेको गम्भीर प्रश्न खडा गर्छ।चाडपर्व नजिकिँदै गर्दा सीमावर्ती क्षेत्रमा पटाकाको अवैध ओसारपसारसमेत बढेको स्रोतको दाबी छ। सीमाबाटभित्रिएका पटाका पनियही सडकमार्ग प्रयोग गरी काठमाडौंसम्म पु¥याउने गरिएको बताइन्छ।
पटाका, कपडा र खाद्य सामग्रीजस्ता वस्तु फरक–फरक समयमावा फरक सवारीसाधनबाट पठाइने भएकाले नियन्त्रण गर्न थपप्रभावकारी सूचना संकलन र निगरानीआवश्यक देखिन्छ।तर चेकपोस्टमै कथित रूपमा ‘सेटिङ’ मिलाएर सवारी छाडिने हो भने सीमाबाट नियन्त्रण बाहिरिएको सामान काठमाडौंसम्मपुग्न धेरै कठिन नहुने जानकारहरू बताउँछन्।
सीमाबाट सामान कसरी संकलन हुन्छ, कुन सवारीसाधनमा राखिन्छ, बाटोमाकहाँ–कहाँ रोकिन्छ र कुन चेकपोस्टबाट सहजै पार गराइन्छ भन्ने विषयमानिष्पक्ष अनुसन्धानआवश्यक देखिन्छ।विशेषगरी चेकपोस्टबाट नियमित रूपमापार भएका सामान पछि अन्य स्थानमा बरामदभएको हो भने त्यसको ट्रान्जिट रुट, सवारीसाधनतथा चेकजाँचमा संलग्नप्रहरीको विवरणसमेत अनुसन्धानको दायरामाल्याउनुपर्ने देखिन्छ।
तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरीकै चेकपोस्टमा कथित ‘सेटिङ’ हुने हो भने बीपी राजमार्गमा चेकजाँचको औचित्यमाथि नै प्रश्न उठ्छ। त्यसैले सम्बन्धितप्रहरी नेतृत्वले आरोपको निष्पक्ष छानबिन गरी दोषी देखिएकारबाही र आरोप असत्यभए स्पष्ट खण्डन गर्न आवश्यक छ।किनकि प्रश्न एउटा कपडा वा केहीकिलो काजु–पेस्ताको मात्रै होइन, सीमाबाट काठमाडौंसम्मअवैध सामान पु¥याउने नेटवर्कलाई सुरक्षा संयन्त्रभित्रैबाट संरक्षण भइरहेको छ कि छैन भन्ने हो।

सम्बन्धित समाचार