20.5k
Shares
काठमाडौँ। नेकपा माओवादी केन्द्र अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नि सीता दाहाललाई कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाल मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको छ ।
दाहाललाई शनिबार राति अस्पताल लगिएको हो । लामो समयदेखि अस्वस्थ ६६ वर्षे दाहालमा निमोनियाकाे लक्षण देखिएको र अहिले कोरोना भाइरस संक्रमणपछि अस्पताल भर्ना गरिएकाे हाे । प्रचण्ड भने संक्रमण मुक्त भईसकेका छन् ।