गुल्मीमा जङ्गली जनावरका लागि थापेको करेन्टमा परेर महिलाको ज्यान गयो

3.9k Shares

गुल्मी - धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय करेन्टमा परी एक महिलाको ज्यान गएको छ । 

ज्यान गुमाउनेमा धुर्कोट गाउँपालिका–५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भिमकिरण बोगटीले जानकारी दिनुभयो । 

गए राति साढे १ बजे घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास पुर्‍याएकोमा आज बिहान डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार मृतक भण्डारीका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि झण्डै १५० मिटर टाढा रहेको बारीमा जङ्गली जनावर (बँदेल) नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छोडेको पाइएको छ । 

भेषराजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित समाचार