उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार, दक्षिण कोरियामा हलचल

17.6k Shares

उत्तर कोरियाले शनिवार अप्रत्याशित अभ्यासका रूपमा एक अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रहार गर्दै उक्त हतियारको विश्वसनीयता पुष्टि गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्

६७ मिनेटसम्म उडेपछि ९०० भन्दा धेरै किलोमिटर पर सी अफ जापानमा उक्त क्षेप्यास्त्रलाई खसालिएको थियो

प्योङ्याङले उक्त परीक्षणमार्फत त्यस क्षेप्यास्त्र अमेरिका दक्षिण कोरियाजस्ता विरोधी पक्षसँग जुझ्न सक्षम भएको देखाएको जनाएको । यो परीक्षण अर्को महिना वासिङ्टन सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो यो अर्को महिना वासिङ्टन सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो

ती सैन्य अभ्यासहरू उत्तर कोरियाका बढ्दो परमाणु जोखिम सामना गर्ने गरी तय गरिएका छन् । प्योङ्याङका अधिकारीकाहरूले त्यस्ता कुनै अभ्यासहरूविरूद्ध अभूतपूर्व रूपमा कडा प्रतिरोध गर्ने धम्की दिएका छन्

जसलाई उनीहरूले उत्तर कोरियामा अतिक्रमण गर्ने तयारीका रूपमा बुझेको बताएका छन् शनिबार सबेरै उत्तर कोरियाली नेता किम जङ् अनकी बहिनी किम यो जङले पुनः यसलाई दोर्होयाएकी थिइन्

उनले जुन कुनै शत्रुतापूर्ण कार्यहरूको कडा भयानक जवाफहरू हुने बताइन् उनले अमेरिकालाई उत्तर कोरियाली शासनलाई खतरामा पार्ने खालका गतिविधिहरू बन्द गर्न आह्वान गरिन् बीबीसी

सम्बन्धित समाचार