शेयर बजार साढे ६ अङ्कले घट्याे, काराेबार रकम बढ्याे

906 Shares

काठमाण्डाै – शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५१ अङ्कले घटेर २ हजार ७२४ दशमलव ३९ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक १ दशमलव २४ प्रतिशतले ओरालो लागेको छ ।

आज १४५ वटा कम्पनीको शेयर घटेकोमा ११३ वटाको बढेको छ । आज १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज सिटी होटलको शेयर ६ दशमलव ८४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर भने १४ प्रतिशतभन्दा धेरै बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो २ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ३४६ वटा कम्पनीका ७८ लाख १६ हजार कित्ता शेयर ३ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार