-डी.बी.नेपाली
अहिले जताततै जुन प्रकारकाे माहाैल क्रिएट गरिएकाे छ त्याे माहाैल र वर्तमान सरकारले गरेका निर्णय सही र गर्नै पर्ने आजकाे माग र आवश्यकता सतप्रतिशत सही र गर्नै पर्ने भए पनि ती निर्णयहरु सस्ताे पपुलेस्ट हुनकाे लागि गरिएकाे हाे कि भन्ने कुरामा गान्धीका बन्दर वाहेक अरु सबैकाे राय अमेरिकाकाे भिषा पाइन्नकि भनेर डराउनेहरु बाहेक अरु कसैलाई पनि उचित लागेकाे देखिन्न ? विराेध गर्दा कुट्छन् कि,कुनै आराेप लगाएर जेलमा काेच्छन् कि सामाजिक संजालमा गाली गलाैज, धम्की र बहिस्कारकाे मुहिम चलाउछन् कि भन्ने त्रासले राणा शासनकाे वेला एउटा सेनाकाे चयन गर्न गरिएकाे घटना जस्तै लाग्छ ।
राणा श्री३ महाराजले सेना चयन गर्न एउटा उर्ति जारी गरेछन् देश भरिबाट थुप्रै साधारण जनता उक्त उर्ती सुने पछि सेनामा चयन हुन माैका पाइन्छ कि भनेर चयन गर्ने मिति समय र ताेकिएकाे स्थानमा आइपुगे छन् सबैलाई लाइनमा राखेर उनिहरुलाई पालैपालाे त्याे मैदानकाे छेउमा रहेकाे बाङ्गाे टिङ्गाे रुख देखाएर ल भन याे रुख बाङ्गाे छ कि साेझाे भनेर प्रश्न गरिए छ प्राय: जसाेले बाङ्गाे भन्याे भने चयन गर्दैन हाेला भन्ने डरले सरकार याे रुख एकदम साेझाे छ भन्दै गए छन तर अन्त अन्तमा एकजना बिश्वास नलाग्दाे साधारण मान्छेले डराए पनि झुठ बाेल्नु हुन्न भन्ने साेचेर सरकार हजुरकाे आँखा फुटेकाे हाे कि मेराे गर्दन चिलाएकाे हाे वास्तवमा भन्ने हाे भने याे रुख त बाङ्गाे नै छ भन्ने साहस गरेछ । उसकाे जबाफ सुनेर सबै उसलाई हेर्दै अब यसकाे गर्दन काटिन्छ कस्ताे उल्लु रहेछ भन्न थालेछन् तर ती राणा शासकले याे सच्चाइकाे लागि मर्न पनि नडराउने साहसी मान्छे रहेछ भनेर उसैलाई चयन गरेछन् ।
चाेरले चाेर मन पराउन्न, अपराधीले अरुले गरेकाे अपराध मन पराउन्न, भ्रष्टाचारीले भ्रष्टाचारी मन पराउन्न, तस्करले तस्कर मन पराउन्न तर सच्चा इमान्दार, मेहनती र शाहसी मान्छे जसले पनि मन पराउछ । राणाकालमा रुख बाङ्गाे छ भन्ने शाहस राख्ने नेपाली भने अहिले माैलिक हक अधिकार पाएकाे वाक स्वतन्त्रता पाएकाे भनि राग अलाप्नेहरुले सही र गलत छुट्याउन सकेकाे कतै देखिन्न केवल जेन्जीलाेजी अनुसार आफुलाई के कम्फर्ट हुन्छ त्यसलाई रुख बाङ्गाे भएकाे नाङ्गा आँखाले पनि देख्न नसक्ने हाे कि बुझ पचाएकाे हाे अमेरिकी उच्च र बैज्ञानिक शिक्षा फाेवर्सले प्रसंसा गरेका विद्वानहरुले देख्न सक्दैनन् ?
अहिले कहिलै दास नभएकाे देशका गुलाम मानसिकता, संस्कार, शिक्षा अनि उनिहरुकाे देश र समाजलाई सुहाउने सिस्टमलाई समाज विकासकाे मेरुदण्ड मानेर नक्कल गर्ने दासहरुकाे जमातले अखण्ड देश र समाजलाई टुक्राटुक्रा पारेर कसकाे इशारामा नाचिरहेकाे छ भन्ने कुरा प्रष्ट हुँदाहुँदै पनि आकाशकाे फल आँखा तडेर हेरी बस्नुलाई के भन्ने ?
अकबर बादशाहकाे शासन कालकाे एउटा घटनाले अहिलेकाे अत्यन्त उत्तम भन्ने सिस्टमकाे नालिवेली बहुत सरल तरिकाले बुझाउछ ।
बादशाह अकबरकाे एकजना मन्त्री बीरबल भन्ने थिए उनि अत्यन्त चलाक बिद्वान तथा सही र गलतकाे ठाडाे बिराेध गरेर हाेइन बहुतै सरल र सहज तरिकाले बीरबलका गलत निर्णय कसरी गलत छन् भनेर प्रेक्टिकली सम्झाउन सक्ने क्षमता राख्थे ? उनकाे एउटा घटनाले वर्तमान नेपालकाे राजनीतिकाे चरित्र पनि त्यस्तै हाे कि जस्ताे देखिन्छ । हेर्दा बहुत राम्राे सही देखिदा देखिदै र याे काम कसै न कसैले गर्नै पर्ने थियाे र याे गरेकाेमा खासै कसैकाे नकारात्मक विचार छ जस्ताे लाग्दैन तर परिस्थिति,घटना र कसैकाे भविश्यकाे उचित व्यवस्ता विना शक्ति हातमा छ भन्दैमा जबरजस्ती जे पायाे त्याे गर्न त पाइन्न हाेला यदि नीति, नियम, कानुन र मानवीयता जीवित छ भने ?
एकदिन बादशाह अकबर आफ्नु एउटा रानीसंगै भएकाे वेला रानीले चाहेर पनि आफ्नु पाद राेक्न सकिन छन् र पादेकाे आवाज बादशाह अकबरले सुने पछि भाेली बिहानै दरबार (कचहरी) या भनाै त्याे वेलाकाे अदालत बाेलाएर बादशाहले आवाज सुन्ने गरी रानीले पादेकाेमा उनलाई दण्डित गर्ने सजाए दिने निर्णय गरी उर्दी जारी गरियाे छ ।सार्वजनिक रुपमा सजाए सुनाउने भने पछि सकेसम्म सारा जनता पनि त्याे सजाए सुनाउने ठाँउमा जम्मा हुन थाले छन् सबै आइसके पछि दरबार चालु हुन्छ र रानीलाई सय काेडेकाे सजाए सुनाइन्छ र अब काेडा हान्ने मान्छेकाे चयन गर्न थालिन्छ यत्तिकैमा अहिलेसम्म चुप बसेका बीरबलले अकबर बादशाहदसंग अनुराेध गर्छन् जहाँपना महारानीलाई सजाए सुनाएकाे जायज छ, राज्यकाे नियम कानुन मान्ने मान्छेले, राज्यकाे दरबारले गरेकाे फैशलामा कसैले आपत्ती गर्ने ठाँउ छैन तर महारानीले जुन अपराध गर्नु भयाे त्यसकाे लागि उहाँलाई काेडा हान्ने व्यक्तिले त्याे पाद्ने अपराध गरेकाे हुनुहुन्न ।
बीरबलकाे कुरा सुनेर सबका सब चकित भएर एक अर्काकाे मुख ताक्न थाले छन् । अनि अकबर बादशाहले सबैभन्दा पहिले आफ्ना रत्नहरुलाई काेडा हान्न आदेश दिए छन् त्यस पछि ती रत्नहरुले पनि जहाँपना हामी मनुश्य हाैं अन्न खान्छाैं अन्न खाएपछि पाद त स्वभाविक रुपमा आइहाल्छ त्यसरी अन्य दरबारियाहरुलाई काेडा हान्न भन्दा उनिहरुकाे पनि जवाफ उस्तै आयाे, अनि सभामा उपस्थित आम नागरिकलाई काेडा हान्न भन्दा उनकाे जवाफ पनि उस्तै आयाे आँखिर पुरै राष्ट्रमा उर्दी जारी गरिएछ जाे नागरिक कहिलै पादेकाे छैन उ महारानीलाई काेडा हान्न तुरुन्त हाजिर हाेस उलाई उचित सम्मान र ठुलाे धनराशी पुरस्कार दिइने छ तर काेइ पनि आएन आँखिर दरबारिया,कर्मचारी आम नागरिक काेही पनि काेडा हान्न अगाडि आउन नसके पछि बीरबलले जहाँपना हजुरका सेना, कर्मचारी, आम नागरिकमा न पाद्ने कुनै एउटा पनि व्यक्ति भेटिएन अब राज्यले ताेकेकाे सजाए त दाेसीले पाउनै पर्छ अब जहाँपना याे काम हजुरकै बाहुलीबाट सम्पन्न गर्नु पर्याे, जहाँपना हजुरले त अहिलेसम्म कहिलै पादिसेकाे छैन हाेला ? याे सुनेपछि बादशाह अकबरकाे पनि मुख राताेपिराे हुँदै अनकनाउदै, लजाउदै बीरबललाई विस्तारै भनेछन् हाेइन हाे म पनि त आम नागरिक जस्तै मान्छे हाे म पनि त्यही अनाज खान्छु अनाज खाए पछि त स्वभाविक रुपमा मान्छेले पादी हाल्छ, म पनि कहिले काँही पाद्छु नि ? जब सम्पुर्ण राज्यका मानिसहरुमा नपाद्ने एकजना पनि भेटिदैन भने एउटाले पाद्याे भनेर सजा दिन उचित हुन्छ छ ?
वास्तवमा यहाँ कुरा उपकुलपतिकाे चयनकाे मात्रै नभएर सांसदहरु, मन्त्रीहरुसम्म आइ पुगेकाे छ अरुलाई दाेषी देखेर सजाए दिने, समाज र राष्ट्रलाई भ्रष्टाचार र नातवाद,कृपावाद (Napotism) बाट मुक्त गर्ने भनेर गठन भएकाे सरकार र जनताद्वारा अत्याधिक मत दिएर ,बिदेशबाट बार्गेनिङ्ग गर्न लगाएर, सेनाकाे रेखदेखर मतपेटिका ओसार्ने र बदल्ने देखिका सबै घटनाहरु, सबै अब्जरवेशनहरु बहुत क्लिन देखाएर आएका गंगाजल र चन्द्रमा जस्तै सुद्ध र सफा प्रमाणित गरिएकाहरु वास्तवमा कति पवित्र र सुद्ध रहेछन् भन्ने कुराहरु हल्ला मात्रै भए पनि,वदनाम गर्न रचिएका भए पनि दाल में कुछ काला नभएर हल्ला त हुन्न हाेला,हवा नचलेर पात त हल्लिन्न हाेला ? सुकिला मुकिला हुन या काला हुन,वर्तमानमा जेन्जीकाे नाममा राजनीति, समाजिक, धार्मिक र जातीय कुम्लाे कुटिराे बाेकेकाहरुकाे पनि त स्कुलिङ् र ट्रेनिङ्गकाे रंगशाला त डाेनेशन, भ्रष्चारीहरुसंगकाे साँठगाँठ, भेटाएसम्म सरकारी जग्गा अतिक्रमणकाे पहराे त लहाेर तान्दा कतै पारदर्शी र कतै अपारदर्शी रुपमा छताछुल्ल भैरहेकाे कसैबाट लुकेकाे छैन तर हामी नेपालीकाे बानी या आदत गल्ली थाह भए पनि अरुले थाह नपाउन्जेल गरिहाल्ने तर कसैले याे गलत हाे भन्याे भने त्यसलाई सच्च्याउने या सुधार गर्ने कुनै चान्स छैन बरु कसरी लुकाउन सकिन्छ, कसरी बचाउन सकिन्छ भनेर सेताे पर्दा भित्र त देखिन सक्छ भनेर कालाे पर्दाले छाेप्ने र अरुकाे भने सेताे पर्दा पनि च्याती दिने उहिलै देखि लागेकाे बानी र कुकुरकाे पुच्छरकाे घनिस्ट मित्रता छ ?
अब खास बिषयकाे गहिराइमा जाने हाे भने नेपालकाे हाेस या बिदेशकाे स्कुल कलेज, युनिभर्सिटीबाट जति सुकै ठुलाे ह्वेल माछा जत्राे डिग्री या बिशेषज्ञताकाे चाेक्टाे बाेक्या हाेस उ राजनीतिबाट टाढा हुनै सक्दैन,उ धार्मिक र जातीय विचारबाट मुक्त या टाढा हुन सक्दैन । अहिले जुन प्रकारकाे सिस्टम बसाल्न खाेजीदै छ वास्तवमा त्याे पनि त कुनै एउटा निश्चित विचारलाई नै प्रतिनीधित्व गर्ने हाे । यसरी हरेक फेरिने सरकार त्याे पनि केवल पाँच बर्षकाे लागि मात्रै जनताले अधिकार दिएकाे छ अंझ हाम्राे देशमा त ०४६ पछिका सरकारहरु अहिलेसम्म चाहे बहुमत पाएका सरकार हुन या भागबन्डाकाे स्वार्थमा गठित सरकार हुन कसैले पनि पुर्ण कार्यकालकाे त कुरै छाेडाैं ३ बर्ष पनि कटाउन नसकेकाे विगतकाे इतिहास साक्षी छ ? यसरी कुपाेषणकाे शिकार नेपालकाे राजनीतिले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका समेतलाई प्यारासाइट बनाउने काम गरिदै आएकाे छ र वर्तमान सरकारले पनि केही फरक र पपुलिस्ट तरिकाले देशलाई प्यारासाइट गर्ने कामकाे परिवर्तित पपुलिस्ट कार्यशैलीले प्यारासाइट मात्रै हाेइन भाेलि प्यारालाइज हुन सक्ने शंका गर्न सकिने वातावरण बन्दै छ कि पनि भन्न मिल्ने अवस्था सिर्जना हुदै गैरहेकाे त छैन ? हतार हतारका निर्णय,दुइ तिहाइ बहुमत पाएकाे सरकारले संसद पेण्डलुम पारी गर्न खाेजेका नीति नियम र कामकाे वास्तविक रिजल्ट भने जस्ताे, गरे जस्ताे आउछ नै भन्न सकिने देखिन्न । वर्तमान सरकारले गरेका निर्णय या कामकाे पक्ष विपक्ष कसैकाे पनि विमति या गुनासाे छैन त्याे गर्नै पर्ने अवस्ता या राष्ट्रलाई आवश्यकता भै रकेकाे थियाे र गर्नै पर्ने थियाे तर यहाँनेर नमिलेकाे कुरा केवल कार्यशैलिकाे हाे ? दुइ प्लस दुइ हामीले आवश्यक छ भनेर पाँच भन्न त अवश्य मिल्दैन हाेला ?
आँधीहुरी जस्तै तुफानी गतिमा काम हाेस,राष्ट्रकाे विकास हाेस तर नीति नियम कानुन र संविधान मिचेर हाेइन त्यसमा भएका त्रुटिहरु सच्याएर, देश र जनताकाे हितमा हुने गरि गर्ने हाे भने कसैले मुख खाेल्ने ठाँउ नै रहन्न ? काम बिराउने अनि सामाजिक संजालमा गाली गलाैज र धम्की दिएर मान्छेलाई या फरक विचार राख्नेलाई दवाउने तरिका आफैमा अहिलेकाे जमानामा कति बैज्ञानिक र समय सान्दर्भिक हुन्छ हाेला ? राजनीतिक,धार्मिक र जातीय विचारबाट मुक्त बुद्धिमान विद्वानकाे त कुरै छैन अशिक्षित ल्याप्च्याछाप मान्छे पनि भेटिन्न याे संसारमा ?