रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

3.2k Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि लामिछाने उपस्थित हुने भएका छन्। तर भावी प्रधानमन्त्रीका दाबेदार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भने उपस्थित नहुने भएका छन् ।  

पार्टीका एक नेताले खबरहबलाई दिएको जानकारी अनुसार अभिमुखीकरण समापन कार्यक्रममा एक घण्टा उपस्थित हुन आग्रह गरे पनि बालेनले सेड्युल प्याक भएको बताए ।

उनले व्यस्त भएकोले उपस्थित नहुने जानकारी गराएका छन् । स्वास्थ्य अवस्था र सरकारको तयारीमा लागेकाले बालेन्द्र अभिमुखीकरण समापनमा उपस्थित नहुने जानकारी गराएका हुन् । 

‘हामीले अहिले पनि आउनुस् भनेर जानकारी गराएको हो, तर स्वास्थ्यअवस्था र व्यस्तताका कारण उपस्थित हुन सक्दिनँ भन्नुभयो। पार्टी सभापतिज्यू समापन कार्यक्रममा आउनुहुन्छ’, ती नेताले भने, ‘पार्टी उपसभापति, स्वर्णिम र डीपी, सभापति लामिछाने तथा महामन्त्री कविन्द्र बुलाकोटीले पनि उहाँलाई उपस्थित हुनु भन्नुभएको हो । तर व्यस्तता र स्वास्थ्यका कारण गर्दा नजाने खबर आएको छ ।’

मंगलबार अभिमुखीकरण कार्यक्रममा उपसभापति डीपी अर्यालले समापनका बालेन उपस्थित गराउने प्रयत्न गरिरहेको जानकारी गराएका थिए। 

यता बालेनको सचिवालयले पनि उनी अभिमुखीकरण कार्यक्रममा उपस्थित नहुने योजना रहेको जनाएको छ।

सम्बन्धित समाचार