अल्फा इभेन्ट््स प्रिजेन्ट्स लिटिल साइनिङ्ग स्टार ताज तेजस्वी र सम्बृद्धिले जितिन्

30.8k Shares

काठमाडौं । अल्फा इभेन्ट्स प्रिजेन्ट्स लिटिल साइनिङ्ग स्टार शेसन — १ ललितपुरको ग्वार्कोस्थित म्यूजिक सिटी हलमा पुस ५ गते शनिबार सम्पन्न भएको छ ।
सो अल्फा इभेन्ट्स  प्रिजेन्ट्स लिटिल साइनिङ्ग स्टार शेसन—१ मा सिनियर र जुनियर गरी २६ जनाले सहभागिता जनाएका थिए । 
सो साइनिङ्ग स्टार शेसनमा सिनियरतर्फ तेजस्वी शाहीले ताज जित्न सफल भएकी थिइन् भने पहिलो रनरअप सुम्निमा राई, दोस्रो रनरअप प्रनिसा कार्की, तेस्रो रनरअप सुनिरा शाक्य बनेकी थिइन् भने आयोजकको तर्फबाट प्रनिता कार्कीले ताज जित्न सफल भएकी थिइन् । 
जुनियरतर्फ सम्बृद्धि वाग्लेले ताज पहिरन सफल भइन् भने पहिलो रनरअप देवान्सी श्रेष्ठ, दोस्रो रनरअप उज्ज्वल लोप्चन, तेस्रो रनरअप बिवाङ्ग पाख्रिन र आयोजकको तर्फबाट आर्या पाण्डेले ताज पहिरन सफल बनेकी थिइन् । 

1.jpg
त्यस्तै, लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल नर्थ अमेरिका सम्बृद्धि घिमिरेले जित्न सफल भएकी थिइन् भने किड्स स्टार इन्टरनेशनल नर्थ अमेरिका कृतिका डंगोल र किड्स स्टार इन्टरनेशनल साउथ अमेरिका गुराँस नाछिरिङले जितेका थिए । 
सो अल्फा इभेन्ट्स प्रिजेन्ट्स लिटिल साइनिङ्ग स्टरका निर्णायक तथा प्रमुख अतिथि  कलाकार तथा मोडल, सीईओ अफ फेसन एरा आनन्द सिंह, चाहना मगर, एलेक्स तिरुवा रहेका थिए ।
आयोजक सिईओ प्रख्यात घिमिरे कलाकार तथा मोडल, इभेन्ट मेनेजर अभिषेक सापकोटा, अफिसियल इभेन्ट कोरियोग्राफर जान्बी भण्डारी, अफिसियल इभेन्ट को—अर्डिनेटर अन्जीता सापकोटा, दिपक कुवर रहेका थिए । 
इडुकेशनल पार्टनरर्समा लिटिल एन्जल्स् स्कुल डे बोर्डिङ, डाफोडिल बोर्डिङ स्कुल, एशिया प्यासिफिक स्कुल, होली भिजन स्कुल र भोटिङ पार्टनर जिनोपे रहेका थिए ।

\

सम्बन्धित समाचार