साउनमा ८ अर्ब ५५ करोड वैदेशिक लगानी स्वीकृत

12.9k Shares

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना, साउनमा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ ।

उद्योग विभागका अनुसार साउनमा ५९ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये ५७ साना हुन् भने २ ठूला उद्योग हुन् । यी उद्योगले ३२३ जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । 

यस्तै गत आर्थिक वर्ष २०८०/८१ देखि चालु आवको पहिलो महिना साउनसम्म कुल ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ वैदेशिक लगानीको लागि प्रतिबद्धता आएको छ । 

 
 
सम्बन्धित समाचार