एसईई खारेज हुने हल्लाले विद्यार्थी र अभिभावकमा अन्योल

17.4k Shares

काठमाडौं, १८ पुस । एसईई परीक्षा खारेज हुने हल्लाले विद्यार्थी र अभिभावक अन्यौलमा परेका छन् । ‘अब एसईई हुन्छ कि हुँदैन’ भनेर विद्यार्थीहरुले सोध्न थालेको शिक्षकहरु बताउँछन् ।

गत पुस ८ गते संसदीय समितिको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) ‘खारेज’ गर्न निर्देशन दिएको समाचारले विद्यार्थी तथा अभिभावकमा दुविधा पैदा गरेको उनीहरुको भनाइ छ ।

तर राष्ट्रिय परीक्षा बोर्डले भने हल्लाको पछि नलाग्न र एसईईको तयारी जारी राख्न आग्रह गरेको छ ।


सम्बन्धित समाचार