सदनलाई छलेर करका दर हेरफेर गरिएको भन्दै संसद‍्‍मा माओवादीको आपत्ति

6.7k Shares

काठमाडौं– नेकपा माओवादी केन्द्रले सदनलाई छलेर करका दर हेरफेर गरिएको भन्दै आपत्ति जनाएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा माओवादी उपमहासचिव वर्षमान पुनले सदनलाई छलेर करका दर हेरफेर गरेको विषय बाहिर आएको भन्दै आपत्ति जनाए ।

आर्थिक विधेयक पास भएको पहिलो चौमासिकभित्रै करको दरमा हेरफेर गरेको प्रति माओवादीको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । उनले सदनलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हुन जाने जिकिर गरे ।

बिना कारण करका दर हेरफेर भएकाले यस विषयमा अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने उनले बताए । 

सम्बन्धित समाचार