श्रीमान् बालकृष्णलाई भेट्न टेकु पुगिन् मञ्जु खाण

20.1k Shares

काठमाडौ, ८ जेष्ठ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका श्रीमान् बालकृष्ण खाणलाई भेट्न सांसद मञ्जु खाण पुगेकी छन् । सोमबार बिहान उनी टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् ।  जिल्ला प्रहरी कार्यालयको हिरासतमा उनले श्रीमान् खाणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएकी पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता खाण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए । सो प्रकरणमा मञ्जुमाथि समेत मुछिएपनि उनी पक्राउ परेकी छैनन् । फरार रहँदै आएकी भनिएकी मञ्जु जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा समेत उपस्थित भएकी थिइन् । 

प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला मञ्जु खाणलाई भेट्न पुगेकी हुनु । शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । 

सम्बन्धित समाचार