सुनको मूल्य तोलामा १५ सयले घट्यो, कतिमा हुँदैछ कारोवार ?

7.1k Shares

काठमाडौँ –नेपाली बजारमा बुधवार (आज) सुनको मूल्य केहि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि उक्त सुन मंगलबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो । आज छापावाल सुन तोलामा १ हजार ५०० रुपैयाँ घटेको हो । 

यस्तै चाँदी तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँ कायम भएको थियो । मंगलबारको तुलनामा आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको महासंघले जनाएको छ । 

सम्बन्धित समाचार