मृत अवस्थामा फेला

7.1k Shares

काठमाडौं, १० असार । तनहुँ, भिमाद नगरपालिका-२ खोरीदमा बस्ने ७३ वर्षीय हरि प्रसाद सिग्देल सोही ठाउँस्थित वरको रूखको चौतारीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका-३ शहिद चोकस्थित सडक पेटीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-१४ मोतिगंजस्थित कुलोमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार