17.1k
Shares
काठमाडौं । डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले हिन्दूहरुको चाड बडादशैँ (नवरात्री) को शुभकामना दिएका छन् ।
उनले समाजिक सञ्जाल ट्विटरमार्फट शुभकामना दिएका हुन् । राष्ट्रपति पदका उम्मेद्वार जो बाइडेनले आफू र आफ्नी पत्नी जिलका तर्फबाट अमेरिकी र संसारभरका हिन्दूलाई शुभकामना दिएका छन् ।
उनले लेखेका छन्, “हिन्दू चाड नवरात्री शुरु भएको छ, जिल र म अमेरिका र संसारभर उत्सव मनाइरहेकाहरुलाई शुभकामना दिन्छौँ । फेरि एकपटक राम्रोले खराबविरुद्ध विजय प्राप्त गरोस् र सबैलाई नयाँ शुरुआत र अवसरका लागि शुभकामना ।”