अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

1k Shares

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । पार्टीको १५औँ महाधिवेशनमा उनले ३५ वर्ष मुनिका युवाको क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

नीति तथा योजना क्षेत्रका विज्ञ डा. ओली नेपाली कांग्रेसको १२औँ महाधिवेशनदेखिका क्रियाशील सदस्य हुन् । चीनबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका उनीसँग आफ्नो विज्ञताका आधारमा यसअघि पार्टीको केन्द्रीय आर्थिक नीति तथा योजना विभाग र केन्द्रीय नीति प्रतिष्ठानमा नीति विज्ञको रूपमा रहेर काम गरेको अनुभव पनि छ ।

त्यस्तै, डा वलीले यसअघि लुम्बिनी प्रदेश योजना आयोग र संघीय मन्त्रालयका विभिन्न योजनामा विज्ञको रूपमा पनि काम गरेका छन् । अहिले पनि डा वली इनिसियटिभ फर इक्विटेबल अर्थमार्फत अध्ययन तथा अनुसन्धानमा क्रियाशील छन् ।

साथै, उनी गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रोल्पाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि बनेका थिए ।

सम्बन्धित समाचार