10.8k
Shares
सुनसरी, २१ जेठ । हरिनगरा गाउँपालिका-५ र ६ को सिमानास्थित कटान खोलाको बगरबाट अवैधलागूऔषध गाँजा करिब १ हजार १ सय २० किलोग्राम मंगलबार साँझ प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय देवानगंज समेतबाट खटिएको प्रहरीले उक्त खोलाको बगरमा बालुवामा गाडी राखिएको अवस्थामा ३८ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।