दशैँको टीकाका लागि उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा

1k Shares

काठमाण्डौ – यस वर्ष दशैँको टीकाका लागि उत्तम साइत आउँदो कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

टीकाको दिन बिहान ८ बजेर ९ मिनेटमा देवी विसर्जन गरी साइत खोज्नेहरुले १० बजेर २६ मिनेटमा मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको छ ।

पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ । विजया दशमीको दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो ।

देवीको प्रसादका रूपमा देशका धेरै ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । कतै विजयादशमीको मुख्य दिनमात्र टीका लगाउने चलन छ । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।

यही असोज २५ गते आइतबार बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको छ । त्यसै दिनदेखि नवरात्र शुरु हुन्छ । असोज २६ गते झण्डा फेर्ने साइत १० बजेर ७ मिनेटमा उत्तम रहेको समितिले जनाएको छ ।

असोज ३१ गते शनिबार फूलपाती परेको छ । कात्तिक १ गते आइतबार महाअष्टमी पर्व परेको छ । यसै दिन राति भने कालरात्रि पर्व मनाइन्छ । कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि नै परेको छ ।

कात्तिक ३ गते मङ्गलबार महानवमी र ४ गते विजयादशमी परेको छ ।837887865_1601714391453369_7704748944925014383_n-1791332956.jpg

सम्बन्धित समाचार