काठमाडौं, १३ जेठ । धादिङ, निलकण्ठ नगरपालिका-१२ पचघरे बस्ने लक्ष्मी थापाको घर, बल बहादुर
पौडेलको घर र बाबुराम श्रेष्ठको घरमा सोमबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
झापा, बाह्रदशी गाउँपालिका-५ घोडामार टोल बस्ने ५० वर्षीय बिष्णु ओझाको गुवालीमा मंगलबार बिहान आगलागी हुँदा गुवाली पूर्णरूपमा जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रौतहट, गुजरा नगरपालिका-६ खत्बैयामा टोल बस्ने शेख वकिलको गोठमा मंगलबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-६ बस्ने जगदेव मण्डलको गोठमा गए राति आगलागी हुँदा करिब २ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।