दार्चुलाको चौलानी नदीमा बगेर एक बालक बेपत्ता

16.6k Shares

दार्चुला, २३ असोज । दार्चुलाको चौलानी नदीमा बगेर एक बालक बेपत्ता भएका छन्। जिल्ला शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइको ६ वर्षीय छोरा हेमान्सु दमाइ सोहि स्थानको चौलानी नदीमा बगेर बेपत्ता भएका हुन्। उनी नदीमा नुहाउने क्रममा सोमबार दिउँसो बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।


इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट प्रहरी टोली खटिएर बेपत्ता बालकको खोजी कार्यालय भइरहेको छ।

सम्बन्धित समाचार