ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

7k Shares

काठमाडौं, १६ वैशाख । ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-५ घर भएका ४१ वर्षीय दिनेश गौतमलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन १ गते ठगी मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार