जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

8.3k Shares


झापा, ५ जेठ । जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका-११ बस्ने ३२ वर्षीय प्रदिप राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पुनरावेदन अदालत इलामको २०७२ असार १६ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद सजाय तथा पीडितलाई १ लाख क्षतिपूर्ति भराउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पाँचथर फिदिमबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

सम्बन्धित समाचार