हरियो धनियाँको मूल्य किलोमै ७१ रुपैयाँ घट्यो, ब्रोकाउलीको मूल्य बढ्यो

10.5k Shares

काठमाडौं । बजारमा हरियो धनियाँको मूल्य घट्दा ब्रोकाउलीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो धनियाँको प्रतिकिलो थोक मूल्यमा ७१ रुपैयाँले गिरावट आएको छ ।

आज हरियो धनियाँको प्रतिकिलो थोक मूल्य ९५ रुपैयाँ कायम छ । हिजो मंगलबार प्रतिकिलो १ सय ६६ रुपैयाँमा धनियाँ किनबेच भएको थियो ।

यसैगरी कालीमाटी थोक बजारमा ब्रोकाउलीको मूल्य बढेको छ । आज ब्रोकाउलीको प्रतिकिलो थोक मूल्य २० रुपैयाँ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य सूचीमा उल्लेख छ ।

आज ब्रोकाउली प्रतिकिलो ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार ब्रोकाउली प्रतिकिलो ३५ रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार