वासिङटन डीसी । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनल्ड ट्रम्पलाई युद्धको समय दिइएको शताब्दीऔं पुरानो कानूनी अधिकार प्रयोग गर्न अनुमति दिएको छ ।
अहिलेका लागि आपराधिक समूहका सदस्यहरूलाई देश निकाला गर्न यो कानून प्रयोग गर्ने बाटो खुलाइएको हो । भेनेजुएली अपराध समूहका सदस्यलाई १७९८ को समयको विदेशी शत्रु ऐन अन्तर्गत एल साल्भाडोरमा रहेको जेलमा डिपार्ट गर्नबाट तल्लो अदालतले ट्रम्प प्रशासनलाई रोक लगाएको थियो ।
यसबारे अरु छानबिन र जाँच हुनुपर्ने उक्त अदालतको ठहर थियो । तर उक्त भेनेजुएली ग्याङका सदस्यले अमेरिकाविरुद्ध अनियमित युद्ध चलाइरहेको भन्दै उनीहरूलाई विदेशी शत्रु ऐनअन्तर्गत देश निकाला गर्नुपर्ने तर्क ट्रम्पले गर्दै आएका थिए । सर्वोच्च अदालतको पछिल्लो फैसलालाई ट्रम्प प्रशासनले आफ्नो जीत भनिरहेको छ । तर, न्यायाधीशहरूले भने यसरी डिपोर्ट गर्न लागिएका व्यक्तिलाई डिर्पोेशनलाई चुनौती दिने अवसर अनिवार्य दिनुपर्ने भनेका छन् ।
डिपोर्टेशनको सूचना चुनौती दिन पर्याप्त समय मिल्ने गरी जारी गर्नु पर्ने तर एउटै प्रश्न यो चुनौती कुन अदालतले समाधान गर्छ भन्ने मात्रै भएको सोमबार हस्ताक्षर नगरिएको निर्णयमा न्यायाधीसहरूले भनेका थिए । विदेशी शत्रु ऐन अन्तर्गत ट्रम्प प्रशासनले कम्तिमा १३७ जनालाई डिपोर्ट गरेको थियो । तर अधिकारकर्मी समूहले यस कदमको निकै आलोचना गरेका थिए । यो ऐनले राष्ट्रपतिलाई युद्धको समयमा वैध कागजात नभएका आप्रवासीहरूलाई निशाना बनाउने वा देश निकाला गर्ने शक्ति दिन्थ्यो ।