काठमाडौँका १२ ठाउँमा यात्रु सहायता कक्ष

11.6k Shares

काठमाडौँ । दसैँ र तिहारमा काठमाडौँबाट बाहिरिने यात्रुहरूलाई सहजीकरण गर्न काठमाडौँका १२ ठाउँमा सहायता कक्ष स्थापना गरिएको छ । कलङ्की, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोङ्गबु र गौशालामा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए ।

उनका अनुसार चाबहिल, कोटेश्वर र हलचोकमा पनि सहायता कक्ष तयार भएको छ । अन्य दुई स्थानमा सहायता कक्ष तयार गर्ने गरी काम भइरहेको एसपी अधिकारीले जानकारी दिए । सहायता कक्षमा खटिने सुरक्षाकर्मीले टिकटमा देखिने समस्या र अलपत्र यात्रुहरूलाई गन्तव्यमा पठाउन सहजीकरण गर्छन् । एसपी अधिकारी भन्छन्– ‘टिकटमा हुने कालाबजारी नियन्त्रणमा पनि सहायता कक्षमा खटिने प्रहरीको भूमिका हुन्छ ।’ 

 
 
सम्बन्धित समाचार