अनलाइन जुवा खेलाउने ६ जना पक्राउ

15.7k Shares

ललितपुर । ललितपुरबाट नेपाल प्रहरीले  अनलाइन जुवा र क्यासिनो खेलाएको आरोपमा ६ जनालाई पक्राउ परेको छ ।  पक्राउ पर्नेमा ललितपुरको निवासी अंकित श्रेष्ठ, आमोश राई, निका राई, विजय थापा, पर्वत पुन र डेकर राई रहेका छन् ।

 उनीहरूको साथबाट विभिन्न कम्पनीको ल्यापटप ६ थान, राउटर २ थान, कम्प्युटर ३ थान, मनिटर २ थान, सीपीयू १ थान र विभिन्न कम्पनीको मोबाइल १४ थान बरामद गरेको छ । अनलाइनमा जुवा र क्यासिनो खेलमा बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई सट्टाबाजी गराएर खेलाउने गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई  पक्राउ गरेको हो ।

 उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

सम्बन्धित समाचार