सुनको मूल्य तोलामा १ लाख ८० हजार नजिक, बन्यो नयाँ कीर्तिमान

10k Shares

काठमाडौँ । पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको छ ।

महासंघका अनुसार अघिल्लो दिनकै तुलनामा मंगलबार सुनको मूल्य १ हजार ८०० रुपैयाँ बढेर तोलामा १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको हो । 

अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मंगलबार पनि सोही मूल्य कायम भएको हो। 

सम्बन्धित समाचार