राजनीतिमा हावा चल्दा शेयर बजारमा सुनामी

8.6k Shares

काठमाडौं – गत असार २९ गते नेकपा (एमाले)ले माओवादी केन्द्रसँगको सत्ता गठबन्धन तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्‍यो ।

देशका दुई ठूला पार्टी मिलेर सरकार बनाएसँगै उपप्रधान तथा अर्थमन्त्रीको रूपमा एमालेकै उपाध्यक्ष विष्णुप्रसाद पौडेल आए । 

सत्ता गठबन्धन परिवर्तनको चर्चासँगै बढ्न थालेको शेयर बजार अर्थमा पौडेलको आगमनसँगै रकेट गतिमा उडेर शिखरमा पुग्यो ।

माओवादीसँग एमालेले सत्ता सहकार्य गर्दा अर्थ मन्त्राएको बागडोर वर्षमान पुनले सम्हाल्दा दुई हजार १७ बिन्दुमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक पौडेलको आगमनले मात्र पनि बजारले तीन हजार बिन्दु पार गर्‍यो ।

4-शेयर-बजार-र-जाननीति.png

नेप्सेले गत साउन ३१ गते तीन हजारको बिन्दु पार गरेको थियो । (फोटो नम्बर ४)  परिसूचक मात्र होइन, नेप्सेले कारोबारमा पनि नयाँ रेकर्ड नै बनायो ।

लगातार बजार रकेटको गतिमा बढिरहँदा दैनिक रूपमा कारोबारले नयाँ नयाँ रेकर्ड बनाएर उच्चतम ३० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भयो । 

सरकार परिवर्तन हुँदा शेयर बजारमा परिवर्तन भएको यो पहिलो घटना भने होइन । त्यसअघि अर्थात् २०८० फागुन २३ गतेका दिन माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको सत्ता गठबन्धन गर्दा पनि बजारमा उच्च अङ्कले बढेको छ । 

माओवादी–एमालेको सरकार बन्दा माओवादी उपमहासचिव वर्षमान पुन ‘अनन्त’ अर्थमन्त्री थिए । पुन अर्थमा फागुन २३ गते आउँदा बजार १७ अङ्कले बढेको थियो ।

उनी मन्त्री भएको दोस्रो दिनदेखि भने बजार निरन्तर बढेर २१ सय बिन्दु पार गर्‍यो । तर, बजार स्थिर हुन भने सकेन । बजारको चार्म विस्तारै घट्न थाल्यो ।

१-शेयर-बजार-र-राजनीति.png

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गालीको वर्षा गर्ने गरेका शेयर बजारका लगानीकर्ता पछिल्लो समय उनको ‘बहिर्गमन’ सुन्नासाथ खुसी भए ।

सम्बन्धित समाचार