महिला राजनीतिमा आउन अझै समस्या रहेको सांसदहरूको गुनासो

11.1k Shares

सुर्खेत– कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका महिला सांसदहरूले आमसञ्चार माध्यममा लैङ्गिक समावेशिताको सवाल कम उठ्ने गुनासो गरेका छन् । 

मंगलबार वीरेन्द्रनगरमा संसदीय मामिला सम्बन्धी पत्रकारहरूसँग लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङ विषयक तीन दिने कार्यशालाको समापन समारोहमा सहभागी सांसदहरूले सञ्चार माध्यममा महिलाका सवालले उचित स्थान पाउन नसकेको बताएका हुन् ।
 
संसद्मा महिलाहरूले उठान गर्ने विषयले कम प्राथमिकता पाउने गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सन्तोषी शाहीले बताइन । 

‘सरकारले ठुला आयोजनाको अनुगमन तथा अन्य महत्त्वपूर्ण निर्णय लिँदा आफूहरूलाई सहभागी नगराइने गरेको छ,’ उनले भनिन्,‘यसतर्फ पत्रकारहरूले ध्यान पुर्‍याउन सकेको छैनन् ।’

प्रदेश मामिला समितिका सभापतिसमेत रहेकी नेकपा एकीकृत समाजवादीबाट निर्वाचित रुकुम पश्चिमका सांसद कल्याणी खड्काले कर्णालीका सामाजिक तथा सांस्कृतिक कुरीति अन्त्य गर्ने खालका बहसमा पत्रकारहरूको ध्यान कम गएको बताइन ।

सम्बन्धित समाचार