माओवादीको पदाधिकारी बैठक सोमबार, राष्ट्रिय राजनीतिबारे छलफल

10.3k Shares

काठमाडौं– नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक सोमबार बिहान बस्ने बताइएको छ  । 

बैठकमा समसामयिक राजनीतिक घटनाहरूको विषयमा छलफल हुने पार्टी सचिव देवेन्द्र पौडेलले खबरहबलाई बताए । आइतबार तराई-मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै छन् । 

काठमाडौंमा पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थक, राप्रपा र राजावादीहरूले शक्ति प्रदर्शन बढाएपछि माओवादीले अभियान स्थगित गरेको हो । 

राष्ट्रिय राजनीतिमा तरंग फैलाएर प्रदर्शन हुन थालेपछि माओवादी नेताहरू अभियान स्थगित गरेर फर्किएका हुन् । फागुन १२ गतेदेखि चैत ७ गतेसम्म माओवादीले तराई-मधेसका जिल्लामा अभियान चलाउन जिल्ला–जिल्लामा पुगेको थियो ।

सम्बन्धित समाचार