रङ्गशालामा नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिकाे आयाेजनामा रोबोटिक वार प्रतियोगिता शुरू

13.8k Shares

काठमाडौँ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिकाे आयाेजनामा काठमाडौँ स्थित दशरथ रङ्गशालामा “विश्वकर्मा “(Battle of Titans-२” नामक अन्तर्राष्ट्रिय स्तरको (Robo-War) रोबोटिक वार प्रतियोगिता शुरू भएकाे छ । अर्थमन्त्री प्रकाशशरण महतले प्रतियाेगिताकाे उद्घाटन गर्नुभएकाे छ । पहिलो दिनको प्रतियोगिता चरणमा भएकोXenon(Zorawar) vs Invensibles (Karan) टिममा विजयी हुन सफल टिम Xenon (Zorawar) रहेको र अन्य खेलहरू आयोजक समितिले प्रकाशित गरेको सुचना अनुरूप १४ र १५ गतेमा सञ्चालन  छन्।

सृजना र आविष्कारका प्रतिक “विश्वकर्मा” प्रतियोगितामा सहभागीले आ-आफ्नो राष्ट्र र विश्वविद्यालयको प्रतिनिधित्व गर्नेछन् जसमा मुख्यतः नेपाल, भारत, बंगलादेश र पाकिस्तान बाट १७ वटा समुहले प्रतिस्पर्धा गर्नेछन् । खेल, मनोरञ्जन, सृजना र आविष्कारलाई एकमुष्ट प्रतिबिम्बित गर्ने यस प्रतियोगितामा प्रत्येक प्रतियोगी समुहले आफैले आविष्कार गरेको मानव नियन्त्रित रोबोट्स एक आपसमा भिडाई उक्त रोबोटहरूको डिजाइन, गतिशीलता, आक्रमण र प्रतिरक्षा गर्ने क्षमताको प्रदर्शन गर्नेछन् । तिन दिने प्रतियोगितामा नेपाल विद्यार्थी संघले सबै समूह, सहभागी, आमन्त्रित अतिथि र स्वयम्‌सेवकलाई खाना सहित आवासको सुविधा समेत उपलब्ध गराउनेछ । यस प्रतियोगितामा प्रथम हुने समूहले ३.५ लाख, दोश्रो हुने समुहले १.५ लाख र अन्य श्रेणीमा विजयी हुने एक समुहले १ लाख गरी समग्र प्रतियोगितामा नगद पुरस्कार रकम जम्मा ६ लाख तय गरिएको छ भने यस कार्यक्रमको कुल अनुमानित लागत ३० लाख रहेको छ ।

त्यसैगरी प्रतियोगिताको प्राविधिक साझेदार “BALIYO VENTURES ” बलियो भेन्चर्स रहेको छ जसले नेपालको हालसम्मकै सबैभन्दा सुसज्जित र सुरक्षित रोबोटिक वार प्रतियोगिता क्षेत्रको व्यवस्थापन एवं सुपरिवेक्षण गर्नेछ । यस प्रतियोगिताका मुख्य प्रायोजकहरू स्टिंग , राष्ट्रिय वाणिज्य बैंक र फ्याफुल्ला साउण्ड सिस्टम रहेका छन् । कार्यक्रममा नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पा, नेविसंघ केन्द्रीय सदस्यहरु र अन्य नेताहरू र विभिन्न क्याम्पसका स्ववियु सभापति र स्ववियु प्रतिनिधिहरू समेत उपस्थित थिए । मन्त्री महतले नवउद्दमि व्यवसायीहरु र स्टाटप कम्पनिहरुलाई यो कार्यक्रमले प्रोत्साहन गर्ने र प्रविधिमा थप लगानी सुनिश्चित गर्न यस्ता कार्यक्रमले सबैलाई प्रोत्साहित गर्ने कुरा गर्नुभयो। माननीय ज्युले नेविसंघ केन्द्रीय समितिको यो कार्यक्रमको एकदमै मुक्त कण्ठले प्रशंसा गरेर नेविसंघबाट थप यस्ता कार्यक्रमको आशा पनि व्यक्त गर्नु भएको थियो। प्रविधिको युगमा यस्ता कार्यक्रमहरु समय सापेक्ष र युग सापेक्ष भएकाले युवा पुस्ताले यस्तै कार्यक्रमबाट प्रेरित भएर सिकाई युक्त शिक्षामा पनि जोड दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो।

पहिलो दिनको उद्घाटन सत्रको कार्यक्रमको समापन गर्ने क्रममा नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले नेपालको संविधान, २०७२ ले वैज्ञानिक अध्ययन अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्ने, नीतिगत व्यवस्था गरेको कुरा राख्दै नेपालको संविधानलाई अनुसरण गर्दै प्रविधि सँग अभ्यस्त वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रम मार्फत विद्यार्थीलाई अनुसन्धान, सृजना र आविष्कार सँग जोड्ने मूल ध्येयका साथ नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको यो कार्यक्रम आयोजना गरेको कुरा प्रष्ट पार्नुभयो।

420932192_760598845469304_6778264611398065333_n.jpg

420493918_3587970844784378_8979941524906938290_n.jpg

418715485_1087417422387693_5610053452184399091_n.jpg

 

सम्बन्धित समाचार