प्रचण्डले ‘सुशाशन’ को मुद्दा उठाएर आन्दोलनकाे धम्की दिनु कतिको उचित ? - डा. भट्टराई

12k Shares

काठमाडाैँ । पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईले सत्ताबाट बाहिर फालिएका प्रचण्डले ‘सुशाशन’ को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिनु कतिको उचित भनेर प्रश्न गरेका छन्।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेको भन्दै भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ‘सुशाशन’को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेका छन्।’

उनले माओवादी अध्यक्ष प्रचण्डलाई फेरि संसदीय सत्तारोहणका लागि पूर्व माओवादी एक हुनुपर्ने भन्दै प्रश्न गरेका छन्।

उनको स्टाटसः

पहिलो कुरा, सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुनेरु अर्को जनयुद्ध गर्नरु या भोजभतेर गर्नरु या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउनरु यसको वैचारिक–राजनीतिक औचित्य र आधार के होरु

स्मरण रहोस्, हामीले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएदेखि नै भन्दै आएका छौं– माओवादी आन्दोलनले देशमा आफ्नो ऐतिहासिक कार्यभार केही कमीकमजोरी सहित पूरा गरिसकेको छ। विश्व एक्काइसौं शताब्दी संगसंगै चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको छ। सम्पूर्ण विश्व नै भूमण्डलीकृत वित्तीय पुककजीवादको चंगुलमा परेको छ। हामी भने पहिलो औद्योगिक क्रान्तिको चरणमा छौं। अनि किनारा पुँजीवादको रूपमा असमान र परनिर्भर सम्बन्धमा बाँधिन पुगेका छौं।

यो स्थितिमा अब हामीले पुरानो  जनयुद्धकालीन अवस्थानिम्ति उपयुक्त माओवादी विचार–राजनीति र  स्टालिनवादी अति केन्द्रीकृत ढाककचाको  कम्युनिष्ट पार्टीको माध्यमबाट नयाकक युगका कार्यभार पूरा गर्न सक्दैनौं। हामीले अगाडि बढेको राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक–सामाजिक–सांस्कृतिक आधार वीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाकककी विश्वसंग पदचाप मिलाउँदै अघि बढ्नुपरेको छ। त्यसनिम्ति हामीले  नयाकक युगको नयाकक कर्यभार पूरा गर्न विचार, राजनीति, संगठन, नेतृत्व लगायत सबै क्षेत्रमा नयाकक विकास गर्नु परेको छ। तसर्थ हामीले समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाकक समाजवादको मोडेल, जसलाई हामीले समुन्नत समाजवाद भनेका छौं, विकास गर्नुपर्ने आवश्यकता देखेका छौं।  

हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक–राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका हैनौं ? तर अहिले समय र परिस्थिति अनुकुल नयाकक कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासवारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले ’सबै पूर्व माओवादी एक ठाउँमा आउँ’ भन्नुको के अर्थ रहन्छ ?

दोश्रो कुरा, अब प्रचण्डको नेतृत्वमा ‘भ्रष्टाचारविरोधी’ सुशाशनकोनिम्ति’ आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धिको अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हो। हिन्दीरउर्दू उखान– ’सौ चूहा खा के बिल्ली हज करने चली’ भने जस्तै हो१ जनयुद्धकालको मध्यचरणदेखि नै वर्ग–उत्थानीकरण हुककदै गएका प्रचण्ड र उनका आसेपासेहरूको शान्तिप्रकृया यताको तीव्र नैतिक स्खलन तथा कथनी र करणी वीचको अन्तर कसले बुझेको छैन र ? हालै प्रकाशित र विश्वचर्चित पुस्तक CUCKOOLAND: How the Rich Own the Truth पढ्ने जो कोही प्रचण्डको असली रूपबाट वेखबर रहन सक्दैन। यदि त्यो सबै ’क्रान्तिनायक विरूद्ध साम्राज्यवादी षड्यन्त्र’ हो भने विश्व इतिहासको सबभन्दा ठूलो साम्राज्यका नायक तत्कालीन युवराज र हालका राजाका अवान्छित गतिविधिवारे पनि सो पुस्तकले किन र कसरी खोतलेको होलारुती सबै महापुरूषहरूको चरित्रहत्या सो पुस्तकका लेखकले गरेको भए अहिलेसम्म ती ख्यातिप्राप्त खोजमूलक लेखक विरूद्ध मुद्दा हालेको खबर किन नपाइएको होला ?

हो, अहिले प्रचण्ड आफ्नो पछिल्लो कार्यकालमा केही भ्रष्टाचारका फाइल अघि बढाए बापत् भित्री र बाहिरी शक्तिहरूको तारो बनेको रोइलो गर्दै हिंडिरहेछन्। तर तिनै भित्री र बाहिरी शक्तिको आडमा गत डेढ बर्षमा पटक पटक सत्ताको कुर्सी बदलेको कसरी बिर्सेका होलान्रु अनि आफैले पालेका साना खसी बली चढाउनु कुन ठूलो पौरख हो र ?

सम्बन्धित समाचार