सेयर बजारमा दोस्रो सर्किट

6.4k Shares

सेयर बजारमा दोस्रो पटक पोजेटिभ सर्किट लाग्यो।
४ प्रतिशत बढेपछि बजार २० मिनेट बन्द भएर खुलेको थियो।
बजार फेरि १ प्रतिशत बढेपछि ४० मिनेटका लागि कारोबार रोकियो।
काठमाडौँ । सेयर बजारमा दोस्रो पटक पोजेटिभ सर्किट लागेको छ । ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको बजार २० मिनेट बन्द भएर खुलेको थियो । 

त्यसको लगतै थप १ प्रतिशत बढेर बजारमा दोस्रो सर्किट लागेको हो । यो सँगै मार्केट ४०  मिनेटका लागि कारोबार रोकिएको छ ।

१३५.७२ अङ्कले सकारात्मक सर्किट लागेर बजार २ हजार ८४८.२२ अङ्कमा पुगेको छ ।

सम्बन्धित समाचार