सडक दुर्घटनामा प्रहरीको मृत्यु

8.8k Shares

धनगढी । कैलालीको ६ लेन सडकमा सवारी दुर्घटनामा परी प्रहरी नायब निरीक्षक ९सई० ३४ वर्षीय योगेन्द्रबहादुर बोहराको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–२ स्थित ६ लेन सडकमा बोहरा सवार सुपप्र ०१–००९ प। ३४२९ नम्बरको स्कुटर आज बिहान दुर्घटना भएको थियो । 

दुर्घटनामा गम्भीर बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । 

बझाङ घर भएका बोहरा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको निजी सुरक्षा गार्ड ९पिएसओ० को रूपमा खट्दै आउनुभएको थियो । 

सम्बन्धित समाचार