काठमाडौं । डाबर वाटिका स्याम्पुले मिस नेपाल २०२४ को टाइटल स्पोन्सर गर्ने भएको छ । स्याम्पुले विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै यस वर्ष पनि निरन्तरता दिएको हो । यो साझेदारीले नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने र सौन्दर्य प्रवर्द्धन गर्ने डाबर वाटिकाको उद्देश्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कम्पनीले जनाएको छ ।
पछिल्लो केही वर्षहरूमा, डाबर वाटिका मिस नेपाल प्रतियोगिता नेपाली महिलाहरूको विविध प्रतिभा प्रदर्शन गर्दै सुन्दरता र बौद्धिकताको उत्कृष्ट नमुना बनेको छ । शीर्षक प्रायोजकको रूपमा, डाबर वाटिकाले महिला सशक्तिकरणमा आफ्नो विश्वासलाई पुनः पुष्टि गर्दै, महिलाहरूलाई समर्थ बन्न र समाजमा प्रभाव पार्न महत्त्वपूर्ण प्लेटफर्म प्रदान गरेको छ ।
डाबर वाटिका न्याचुरलस् स्याम्पुले उपभोक्ताहरूलाई उत्कृष्ट प्राकृतिक कपालको हेरचाह समाधानहरू भएको प्राकृतिक स्याम्पुहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ ।
डाबर वाटिका प्राकृतिक स्याम्पु तीन प्रकारमा उपलब्ध छ । कालो कपालको लागि ब्ल्याक साइन स्याम्पु, बाक्लो र लामो कपालको लागि थिक एन्ड लङ स्याम्पु र डन्डीफरहीत कपालका लागि एन्टी–ड्यान्ड्रफ स्याम्पु । प्रत्येक भेरियन्ट १० प्राकृतिक तत्वहरूले भरिपूर्ण छ ।