बजारमा म्याद गुज्रिएका सामान

8.6k Shares

खोटाङ । खोटाङको हलेसी बजारमा सञ्चालित पसलमा अत्यधिक मात्रामा म्याद गुज्रिएका अखाद्य सामग्री भेटिएका छन् । बजार अनुगमनको क्रममा दैनिक उपभोग्य सामग्रीहरु अत्यधिक मात्रामा म्याद गुज्रिएको भेटिएको हो । 

पेप्सी, ड्यु, कोकोकोला, मिरिन्डा, फ्यान्टा, स्प्राइट, सेभेनअप लगायतका पेय पदार्थहरु धेरै म्याद गुज्रिएको भेटिएको छ । हलेसी तुवाचुङ नगरपालिका –७ हलेसी बजारमा सञ्चालित खाद्यान्न सामग्री बिक्रेता पसल, होटल साथै अन्य पसलमा अनुगमन गर्दा करिब डेढ लाख बराबरको अखाद्य सामग्री जफत गरेर नष्ट गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय, हलेसी तुवाचुङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, इलाका प्रहरी कार्यालय हलेसीलगायतको उपस्थितिमा बजार अनुगमनको क्रममा भेटिएका म्याद गुज्रिएको तथा अखाद्य वस्तुहरु जफत गरेर नष्ट गरेको बताइएको छ । 

अनुगमनको क्रममा १ लाख ४४ हजार ८७१ रुपियाँ बराबरको म्याद गुज्रिएको सामग्री भेटिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भेषराज खत्रीले बताउनुभयो । उक्त सामान जफत गरेर जलाएर नष्ट गरिएको उहाँको भनाइ छ ।

पेय पदार्थसँगै चोखोपाइ, बिस्कुट, भुजा, चामल, सस, आँटा, सोयाबिन, चिकेन मसला, पापड, मटर दाना, हर्लिक्स, स्याम्पु, फ्रुटी, चकलेट, चियापत्ती, चिजबल, पानीपुरी, चिप्स, तेल, मसलालगायतका वस्तुहरु म्याद गुज्रेको भेटिएको खत्रीले बताउनुभयो । 

सम्बन्धित समाचार