आठ करोडमा बनाइयो पालिकाको पक्की भवन

8.9k Shares

त्रिवेणी– आठ करोड ६९ लाख १८ हजार ११९ को लागतमा त्रिवेणी गाउँपालिकाको २८ कोठे पक्की भवन निर्माण भएको छ । 

विसं २०७९ माघदेखि निर्माण सुरु भएको भवन यसै महिना बनेको हो । रङ रोगनलगायत सम्पूर्ण काम पूरा गरी निर्माण कम्पनीले पालिकालाई  भवन हस्तान्तरण गरेको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीका अनुसार निर्माण कम्पनीलाई सात करोड ५९ लाख ६२ हजार ६८५ भुक्तानी  भइसकेको छ । तीनतले उक्त भवनबाट पालिकाले सेवा प्रवाह पनि प्रारम्भ गरेको छ ।  

सम्बन्धित समाचार